चाँगुनारायण: नेपाल शिक्षक संघ चाँगुनारायणले विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको छ ।
शनिबार आयोजित शिक्षक संघको चौथौ स्थानीय प्रतिनिधिसभा तथा सम्मान कार्यक्रमकाबीच सेवानिवृत्त २५, सेवा प्रवेशिका ३३ र नगर कार्यसमितिका १५ गरि ७३ जना शिक्षकहरुलाई सम्मान गरिएको हो ।
प्रतिनिधिसभा सांसद दुलर्भ थापा, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
सो अवसरमा सांसद थापाले शैक्षीक गुणस्तर अभिबृद्धिको लागि शिक्षकहरुको महत्वपूर्ण हात हुने भएकाले आफूले अध्यापन गर्ने विद्यालयलाई नमूना बनाउन आग्रह गर्नुभयो । प्रदेश सांसद श्रेष्ठ र मेयर खत्रीले नगरभित्रको शैक्षिक क्षेत्र माथि उकास्न शिक्षक संघमा आबद्ध शिक्षकहरु लागिपर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगरपालिकाका सभापति शिवहरि केसी, चाँगुनारायण नगरपालिकाका प्रवक्त जनक खत्रीले शिक्षकहरुले नजिता दिने गरि काम गर्नुपर्ने बताउनुभयो ।
शिक्षक संघ चाँगुनारायण नगर सभापति इन्ज कुमार बाँस्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक संघ बागमती प्रदेशका उपमहासचिव रुद्र धमला, भक्तपुर अध्यक्ष सहदेव साखकर्मीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा शिक्षक संघ चाँगुनारायण नगर सहसचिव बबिता भट्टराईले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षीका र बालबालीकाहरुले आर्कषक नृत्य प्रस्तुत गर्नु भएको थियो ।