चाँगुनारायण: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले ३४ दशमलव ९२ अंक प्राप्त गर्न सफल भएको छ ।
जिल्लाका ४ नगरपालिकामध्ये भक्तपुर नगरपालिकाले ४३ दशमलव ९८ अंक प्राप्त गर्दै पहिलो बनेको छ । यता मध्यपुर थिमी नगरपालिकाले ३३ दशमलव ६० अंक र सूर्यविनायक नगरपालिकाले २८ दशमलव ३ अंक प्राप्त गरेको छ ।
आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ६१ दशमलव ८१ अंक प्रात गरी स्थानीय तहमध्य अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पहिलो भएको छ । चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अंक ल्याएर तेस्रो भएका छन् ।