चाँगुनारायणका कृषकलाई गाई भैसी पालन सम्बन्धी तीन दिने तालिम

चाँगुनारायण: चाँगुनारायण नगरपालिका पशु पन्छी बिकास शाखाको आयोजनामा ३ दिने गाई भैसी पालन सम्बन्धी तालिम प्रदान गरिएको छ । पशु सेवा केन्द्र खरिपाटीको हलमा आयोजित तालिम मंगलबार सम्पन्न भएको छ ।

पशु प्रजनन् आहारा व्यवस्थापन, पशुमा लाग्ने रोग तथा बजार व्यवस्थापनको बारेमा पशु सेवा तालिम केन्द्र लगनखेल र पशु पन्छी बिकास शाखाका पशु चिकित्सक तथा अधिकृतहरुले सहजीकरण गर्नु भएको थियो ।

तालिममा चाँगुनारायण नगरपालिका अन्तरगतका सवै बडाबाट ३० जना कृषकको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई चाँगुनारायण नगरपालिकाका नगर उप प्रमुख रमेश बढाथोकीले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

त्यस्तै, बुधबारबाट बाख्रा पालन ब्यवस्थापन तालिम शूरु भएको पशु पन्छी बिकास शाखाका प्रमुख खडक कुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरुको छनौट सम्वन्धित सेवा केन्द्रको प्राबिधिक र वडा मार्फत सहभागी छनौट गरि पठाउने ब्यवस्था गरिएको छ ।