चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले आम चाँगुनारायण नगरबासीको शिर उच्चो बनाउने गरि क्रियाशिल रहेको बताउनु भएको छ । नेपाली कांग्रेस चाँगुनारायणको प्रथम नगर सम्मेलनको उद्घाटन सत्रमा मन्तब्य राख्नुहुँदै मेयर खत्रीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध चाँगुनारायण निर्माणमा जुटिरहेको बताउनुभयो ।
आफू निर्वाचीत भएर आएदेखि नगरपालिकाको समृद्धिको दिशामा स्पष्ट भिजनका साथ अगाडि बढिरहेको बताउँदै आ-आफनो ठाउँबाट सबैले कर्तब्य निर्वाह गर्दै सहयोगी भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
मेयर खत्री नेतृत्वमा एक वर्षमै आम नगरबासीको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको, नगरबासीलाई नेपालमै पहिलो पटक निशुल्क रगत र अक्सिजन वितरण गरिएको, नेपालमै पहिलो पटक वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बनेको, उपत्यकाकै सबैभन्दा बढी खर्च गर्ने पालिका बन्न सफल भएको, क्षमता मूल्यांकनमा प्रथम भएको र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा भक्तपुरमा दोस्रो बन्न सफल भएको जस्ता धेरै नमूना र उदाहरणीय कार्य भएका छन् ।
आम नगरबासीले महसुस गर्ने गरि सबैको विश्वास जित्दै अगाडि बढिरहेको मेयर खत्रीको भनाई छ । मेयर खत्रीले सिमीत स्रोत र साधनका बाबजुत पनि विकास निर्माणमा लागिपरेको बताउनुभयो । नगरपालिकाको सिमीत स्रोत र साधन भएकाले एकैबाजी सवै क्षेत्रलाई समेट्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माण भइरहेको बताउनुभयो ।
निर्वाचनमा ब्यक्त प्रतिबद्धताअनुसार आफू अगाडि बढ्दै गएको बताउँदै कही कतै कमी कमजोरी भएर रचनात्मक सल्लाह सुझाव दिन पनि आग्रह गर्नुभयो ।
आफ्नो नेतृत्वमा आम नगरबासीको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको, नगरबासीलाई नेपालमै पहिलो पटक निशुल्क रगत र अक्सिजन वितरण गरिएको, नेपालमै पहिलो पटक वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बनेको, उपत्यकाकै सबैभन्दा बढी खर्च गर्ने पालिका बन्न सफल भएको, क्षमता मूल्यांकनमा प्रथम भएको र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा भक्तपुरमा दोस्रो बन्न सफल भएको जस्ता धेरै नमूना र उदाहरणीय कार्य भइरहेको बताउनुभयो ।
असल अभ्यासलाई आम जनसमुदायमा प्रचार प्रसार गर्ने र गल्ती कमजोरी भए आत्मसमिक्षा गर्दै महसुस गरेर अगाडि बढिरहेको मेयर खत्रीले बताउनुभयो ।