चाँगुनारायणका मेयर खत्रीद्धारा सुडाल स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन, जनगुनासो नआउने गरि काम गर्न आग्रह

चाँगुनारायण: चाँगुनारायण नगरपालिका वडा नंं ८ शहरी स्वास्थ्य केन्द्र झाप्रोको नवनिर्मित भवनको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले सुडाल स्वास्थ्य चौकीको नवनिर्मीत भवनको उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा मेयर खत्रीले अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सहज रुपमा नगरबासीले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । मेयर खत्रीले अब नागरिकहरु स्वास्थ्य समस्याको लागि अन्त जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाभित्र रहेका नगर अस्पताल र स्वास्थ्य केन्द्रहरुमा हुने सेवाको चापलाई हेरेर क्रमीक रुपमा सेवा विस्तार गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो । साथै उहाँले जनगुनासो नआउने गरि सेवा स्तरोन्नति गर्दै जान आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्री, स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवाललगायतले नगरपालिकाले प्रवाह गरिरहेको स्वास्थ्य सेवा बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुको साथै जनप्रतिनिधि र स्थानीयको सहभागिता थियो ।