चाँगुनारायण नगरभित्र अखाद्य कटन क्याण्डीको प्रयोग तथा विक्री वितरणमा रोक

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाले नगरभित्र अखाद्य कटन क्याण्डीको प्रयोग तथा विक्रीवितरणमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले एक बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै रोक लगाइएको जनाउनु भएको हो ।

‘हाल बजारमा बालबालीकाहरुलाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रंगको प्रयोग गरि विक्री वितरण हुने गरेको कटन क्याण्डीमा प्रयोग भएको रंगको सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंमा नमूनाको परिक्षण हुँदा राष्टिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा अखाद्य रंग भनी लेखी आएकाले यस चाँगुनारायण क्षेत्रभित्र बालबालीका तथा उपभोक्ताको स्वस्थ्यमा गम्भिर असर पुर्याउने उक्त अद्याद्य बस्तु (रंगं) सम्बन्धमा अनुमति लिएका र लेबल भएका बाहेकको बिक्रीवितरणमा रोक लगाइएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, उक्त अखाद्य बस्तु विक्री वितरण भएकोमा पाइएमा कानून बमोजीम कारवाही हुने समेत उल्लेख गरिएको छ ।