बेथितिका चाङलाई पन्छाएर ‘समृद्ध चाँगुनारायण निमार्ण’मा जुटिरहेका छौ: जीवन खत्री, मेयर

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरपालिकामा विगतमा भएका बेथितिका चाङलाई पल्छाएर ‘समृद्ध चाँगुनारायण निर्माण’मा जुटिरहेको बताउनु भएको छ । आफ्नो नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि आवश्यकता र औचीच्यताको आधारमा अगाडि बढिरहेको मेयर खत्रीले बताउनुभयो ।

नेपाली कांग्रेस चाँगुनारायण नगरका विभिन्न वडा सम्मेलनमा मन्तब्य राख्ने क्रममा मेयर खत्रीले न्यून स्रोत र साधनका बाबजुत पनि नगरबासीका अधिकतम अपेक्षाहरु पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पाँच वर्षे कार्यकालाई पन्ध्र वर्षे कार्यकाल सम्झेर कामको गति बढाइएको बताउनुभयो ।

‘उपत्यकाको सबैभन्दा ठूलो चाँगुनारायण नगरपालिकलाई पन्ध्र वर्षमा गर्न नसक्ने काम हामी पाँच वर्षभित्र पूरा गर्ने योजनाका साथ अगाडि बढिरेहका छौ’, मेयर खत्रीले भन्नुभयो, ‘यहाँहरुले राम्रा कुराको प्रचार प्रसार गर्ने र काम गर्ने सिलसिलामा हुने कमीमजोरीलाई रचनात्मक सल्लाह सुझाव दिएर सहयोग गर्न आवश्यक छ ।’

एउटा काम गर्न सकिएन भन्दैमा ९९ वटा राम्रा कामलाई बिर्सन नहुने भन्दै मेयर खत्रीले जनप्रतिनिधिहरुलाई निरन्तर खवरदारी र सचेत गराइरहन आग्रह गर्नुभयो ।

उहाँले सिमित स्रोतका बाबजुत भनेको जती काम गर्न नसके पनि कुनै लोभ लालचमा परेर जनताको भावनाभन्दा बाहिर नगएको स्पष्ट पार्नुभयो ।