चाँगुनारायण: चाँगुनारायणका सबै वडा जोड्ने फास्ट ट्रयाकको लागि बागमती पदेश सरकारबाट २० करोडको बहवर्षिय ठेक्का लगाइने भएको छ । फास्ट ट्रयाक निर्माणको हालै बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले २० करोड बजेट दिने निर्णय गरेको हो ।
नगरपालिकाका सबै वडा जोड्ने १८ किलोमिटर फास्ष्ट ट्याक मध्ये यो वर्ष ३ किलोमिटर कालोपत्रे भएको छ । हालसम्म वडा नंं १ र २ मा २ किलोमिटर गरि ५ किलोमिटरको काम सम्पन्न भइसकेको छ । त्यस्तै अबको दुई वर्षभित्र फास्ट ट्याकको काम सम्पन्न गर्ने योजना छ ।
उता नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले फास्ष्ट ट्याक निर्माणका लागि बजेट ब्यवस्थापन भएकोमा प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।