चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको दोस्रो त्रैमासिक किस्ता यही १७ गतेदेखि वितरण गर्ने, कुन वडाका कहिले ?

चाँगुनारायण : चाँगुनारायण नगरपालिकाले कार्तिक, मंसिर र पुष महिनाको सामाजीक सुरक्षा भत्ताको दोस्रो त्रैमासिक किस्ता यही १७ गतेबाट वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता यही १७ देखि २२ गतेसम्म वितरण गरिने जनाएको हो ।

नगरपालिकाद्धारा जारी सूचना अनुसार वडा नंं १, २ र ३ मा माघ १७ र १८, वडा नंं ४, ५ र ६ मा माघ १९ र २० र वडा नंं ७, ८ र ८ मा माघ २१ र २२ गते वितरण गरिनेछ ।