चाँगुनारायण नगरका सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीब्रता

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई ब्यापक बनाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुको अनुगमनलाई ब्यापक बनाएको हो ।

सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुगमन कार्यलाई तीब्रता दिइएको शिक्षा शाखाले जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख वीर बहादुर खडका अनुसार सामुदायिक विद्यालयमा सुधारात्मक र उपचारात्मक दुबै किसिमको सुपरीवेक्षण र निरीक्षण गर्ने कार्य भइरहेको हो ।

प्रथम चरणमा प्रशासनिक निरीक्षण र दोश्रो चरणमा सुधारात्मक हुने प्रमुख खडकाले बताउनुभयो । बिज्ञहरुको शिक्षण सिकाइ प्रभावकारी बनाउन उपचारत्मक सुपारीवेक्षण र शिक्षा समिति, शिक्षा शाखा, परीक्षा समिति, जनप्रतिनिधि, बिज्ञसहित अन्य सरोकारवालाको समूहकृत सुपरिवेक्षण हुने गरेको छ ।