
भक्तपुर: चाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा २०८० माघ ५ र ६ गते जिल्लास्तरीय अन्तरविद्यालय आईटिएफ तेक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताचका विजयी खेलाडीलाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री तथा प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले एक समारोह बीच पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ७ बन पँधेरोको खेल मैदानमा सम्पन्न प्रतियोगितामा ५०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । विभिन्न तौल समुहमा खेलाइएको खेलमा भक्तपुर जिल्ला भित्रका १३ भन्दा बढी विद्यालय र डोजाङ्गका खेलाडीहरुको सहभागिता रहेको थियो ।
दुई दिन सम्म चलेको प्रतियोगितामा टिम च्याम्पियनमा एमिनिटी स्कूल भएको थियो दोश्रो सिडिएम स्कूल र बन पँधेरो डोजाङ्गका खेलडी तृतीय भएका थिए ।
जिल्लास्तरिय अन्तरविद्यालय आईटिएफ तेक्वाण्डो प्रतियोगिताको उद्घाटन समारोहमा बोल्नुहुदै नगर प्रमुख खत्रीले चाँगुनारायण नगर खेलकुद विकास समिति मार्फत विभिन्न खालका खेलकुदका कार्यक्रमहरु ९ वटै वडामा संचालन भइरहेको बताउनुभयो । उहाँले शिक्षाका साथ साथै बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेल खेल्नु अपरिहार्य भएकोले चाँगुनारायण नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरेहेका बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत चुरामणी पन्थीले विद्यार्थी भाइबहिनीहरुले आफुमा भएको सिपलाई प्रर्दशन गर्न संकोच मान्न नहुने बताउनुभयो । उहाँले नगर खेलकुद विकास समितिको सक्रियताले चाँगुनारायाण नगरपालिकामा भएको खेल प्रतिभाको प्रष्फुटन भइरहेको बताउनुभयो ।
चाँगुनारायण नगर खेलकुद विकास समितिका अध्यक्ष रघु के.सीले युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न सकेमा शारिरीक तथा मानसिक विकासमा सहयोग पुग्ने बताउनु भयो । खेल क्षेत्रलाई प्राथमिकता दिएर आवश्यक बजेट विनियोजन गर्नुभएकोमा अध्यक्ष के.सीले नगर प्रमुखलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

कार्यक्रममा ७ नं वडाका सदस्यहरु श्यामकाजी नयाँजु, पुष्कर खड्का, ७ नं वडा खेलकुद समितिका अध्यक्ष करुणा राउत भारती, भक्तपुर आइ.टि.एफ संघका अध्यक्ष आशिष कार्की, जिल्ला खेलकुद समितिका सदस्य शर्मिला श्रेयठ, आइ.टि.एफ प्रमुख प्रशिक्षक रुपक गिरी, कार्यक्रम संचालक श्रीकृष्ण रिजाल, कार्यक्रम व्यवस्थापक देवराज लामिछाने लगायत सहभागि विद्यालय र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।