भक्तपुर : चाँगुनारायण नगरपालिकाले हालसम्म ८ करोड ५० लाख राजस्व संकलन गर्न सफल भएको छ ।
चाँगुनारायण नगरपालिकाको चालु आर्थिक वर्ष २०८ /०८१ मा आन्तरिक राजस्व रु २४ करोड १६ लाख २५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा पौष महिनाको १९ गतेसम्म सो रकम संकलन भएको हो ।
नगरपालिकामा यस आर्थिक वर्षमा हाल सम्म १०५ वटा व्यवसाय दर्ता भएको र दर्ता नभई सञ्चालन भएका नगर भित्रका व्यवसायहरुलाई कडाईका साथ दर्ता प्रक्रियामा ल्याइएको जनाइएको छ ।
प्रक्षेपण गरेको राजश्वको लक्ष्य पूरा गर्न नगरपालिकाले २०८० माघ पहिलो साताबाट व्यवसाय दर्ता तथा नवीकरण अभियान कार्यलाई तीव्रताका साथ अगाडि बढाउने भएको छ ।
त्यस्तै, विगतमा संकलन हुन बाँकी राजस्व संकलन तथा दाखिलाका लागि समेत ताकेता गरि लक्ष्यअनुसारको राजश्व संकलन गर्न योजनावद्ब कार्य अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।