भक्तपुर: चाँगुनारायण नगरपालिकाको नयाँ प्रशासकीय भवनमा सेवा लिन आउने सेवाग्राहीलाई सार्वजनीक सवारी साधनको सहज सेवा उपलब्ध गराउन पहल गरिने भएको छ ।
चाँगुनारायण नगरसभाको १४ औं अधिवेशनले नगरपालिका रहेको क्षेत्रसम्म सार्वजनीक सवारी साधनको सेवा उपलब्ध गराउन सम्बन्धीत निकाय तथा साझेदारी संस्थाहरुसँग समन्वय र सहकार्य गरि आवश्यक प्रवन्ध मिलाउने निर्णय गरेको छ ।
गत पुष २९ गते उद्घाटन भई वडा नंं ५ स्थित खरिपाटीमा रहेको नयाँ भवनबाट नगरपालिकाको सम्पूर्ण सेवा संचालनमा आएको थियो । नयाँ प्रसाशकीय भवनबाट दैनीक सेवा प्रवाह शूरु भएकोमा उक्त स्थानमा सेवा लिन आउने सेवाग्राहीहरुलाई आवत जावत गर्न समस्या पर्दै आएको गुनासो छ ।
नगर अधिवेशनले नगरपालिकाबाट पारित नगर यातायात सम्बन्धी कार्याविधि २०८० समेतको आधारमा कार्यान्वयन गराई नगरपालिका रहेको क्षेत्रसम्म सार्वजनीक सवारी साधनको सेवा उपलब्ध गराउन सम्बन्धीत निकाय तथा साझेदारी संस्थाहरुसँग समन्वय र सहकार्य गरि आवश्यक प्रवन्ध मिलाउन नगर कार्यापालिकालाई निर्देशन समेत दिएको हो ।
त्यस्तै, नगरसभाले नगरपालिकाको प्रशासकीय भवन घुमाउनेदेखि सुविधानगर पिपलबोटसम्मको सडक सुरक्षाको लागि उक्त सडकखण्ड सैनीक ब्यारेकको सहमतिमा प्राविधिक ईष्टमेट बमोजीम सडक डाउन गर्ने निर्णय पनि गरेको छ ।