जीवन खत्री
ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को प्रमुख उपलब्धीका रुपमा रहेको नेपालको संविधानले परिकल्पना गरेको संघीयता, तीन तहको सरकारको अवधारण सँगै विगतको ८ गा.बि.स.को भौगोलिक बनावटलाई एकिकृत गरी विश्व सम्पदामा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरको नामबाट मिति २०७३ साल फागुन २७ गते नामाङकित यस नगरपालिकामा मिति २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको दोस्रो निर्वाचानबाट निर्वाचित भइसके पश्चात यहाँका भौगोलिक, सामाजिक, साँस्कृतिक तथा जैविक विविधता र पर्यटकीय स्थलको प्रचुर संभावना प्रति सचेत रहंदै बिगतका नगरसभावाट पारित नीति अनुसार अघिबढी रहेको छौं । अनेकतामा एकताको भाव, हाम्रो गौरव, हाम्रो चाँगुनारायणलाई राम्रो चाँगुनारायण बनाउनको लागि नगरपालिकाका विकास आयोजना, परियोजना सम्बन्धी नीति, ऐन, कानून, नियम र निर्देशिका निर्माण, कार्यान्वयन, अनुगनम मूल्याङ्कन र नियमन गरी भौतिक पूर्वाधार निर्माण, सामाजिक र सांस्कृतिक विकासका साथै मानवीय विकास तर्फ फड्को मार्ने चरणमा हामी प्रवेश गरेको छौं ।
नगरसभाको १४ औं अधिवेशनको संघारमा नवनिर्मित यस प्रशासकीय भवनबाट सेवा प्रवाह सुचारु भई सकेको व्यहोरा समेत यहांहरुलाई विदितै छ । नगरबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई अझै सरल, सहज र सुलभ रुपमा सबै नगरवासीको पहुंच स्थापित गर्न हामी सधै प्रतिवद्ध छौ । गुणस्तरीय कार्यसम्पादन सहित नगरवासीको सन्तुष्टि र आवश्यकताको उच्च कदर गर्दै आजको नेतृत्व अघि बढि रहेको छ । स्थानीय शासन पद्धति बमोजिम जनहितकारी कार्य गरी स्थानीय शासन सञ्चालनको मार्गदर्शक नगरपालिका बनाउनको लागि सबै साझेदारको सकरात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेको छु ।
भौतिक पूर्वाधार विकास तर्फ मूलपानी चाँगु, छालिङ नाटेश्वरी हुदै नगरकोट निक्लने बाटो, सैनिक व्यारेक देखि छालिङ जोड्ने सडक कालोपत्रे, दुवाकोट मूल सडक कालोपत्र कार्य प्रारम्भ भई सकेको छ । उक्त सडकको बाँकी खण्ड चांडै कालोपत्रे संचालनमा आउने छ । भौतिक पूर्वाधारका अन्य कार्यहरु भएका र हुँदै गरेका छन् । चाँगुनारायण फाष्ट ट्रयाकको निर्माण कार्य अघि बढेको छ । खस्याङ खुसुङ–घट्टेखोला करिडोर निर्माणको कार्य प्रारम्भ हुने चरणमा छ ।
निर्वाचन पछि भएका बिभिन्न नगरसभा तथा कार्यपालिकाबाट तय भएका लक्ष्यहरुले पूर्णता पाउदै गएका छन् । यति हुँदा हुदै पनि नगरकोट सडक, वीर अस्पतालको लागि निर्माण गरिएका दुवाकोट सडक जस्ता ठूला योजनाहरु हामीले चाहदा चाहदै पनि हाम्रो एकल प्रयासबाट मात्र सम्भव हुने अवस्था छैन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक एवं पुरातात्वतिक महत्वको चाँगुनारायण मन्दिरको बृहत्तर गुरु योजना निर्माण गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य वनाउने तर्फ हामी अग्रसर रहेको छौ ।
समुन्नत नगर निर्माणको लक्ष्य प्राप्तीमा देखिएका समस्याहरुलाई समाधान गर्न बिगतका नगरसभा एवं कार्यपालिकाबाट निर्माण भएका ऐन, कानून, नियम निर्देशिकामा समयानुकुल सुधार गर्दै हाम्रा पुर्वजहरुले देख्नु भएको सुन्दर चाँगुनारायण नगरको परिकल्पनालाई साकार पार्ने मुख्य उद्देश्यका साथ अगाडि बढ्ने क्रममा प्राप्त हुने रचनात्मक सल्लाह सुझावलाई आत्मसाथ गरी अघि वढ्न हामी प्रयत्नशिल छौं । थप सुधार गर्नुपर्ने केही विषय भए खुला छलफल गरी हजुर हामी सबै मिली नगरवासीहरुलाई घर दैलोसम्म गुणस्तरीय सेवा पु–याउन, कृषि र पर्यटन प्रवद्र्धन गरी नगरकोट पर्यटन बर्ष २०८२ लाई सफल बनाउन तर्फ एकढिक्का भई लाग्न सम्पूर्ण नगरवासी समक्ष आग्रह गर्दछु ।
मेयर खत्रीले चाँगुनारायण नगरसभाको १४ औं अधिवेशनमा राख्नु भएको मन्तब्यको सम्पादीत अंश