चाँगुनारायणका मेयर खत्रीसहित उपत्यका विकास प्राधिकरण आयुक्त ढकालको नेतृत्वमा विभिन्न सडकको निरीक्षण

भक्तपुर: चाँगुनारायण नगरपालिकामा सञ्चालीत विभिन्न सडकहरुको निरीक्षण गरिएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, काठमाडौं उपत्यका बिकास प्राधिकरण विकास आयुक्त जानुका ढकाल, नायक विकास आयुक्त नवराज प्याकुरेल, ईन्जिनियर सौरभ ढकाल, उदय पोख्रेल र वडा सदस्य शुरेश कार्की सहितको टोलीले चाँगुनारायण नगरपालिकाको विभिन्न सडकमा उपत्यकाका विकास प्रधिकरणबाट बिनियोजित बजेटको कामको निरीक्षण गरिएको हो ।

निरीक्षणको क्रममा आयुक्त ढकालले चाँगुनारायणको विकासका लागि आगामी दिनमा पनि बजेटलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

नगर प्रमुख खत्रीले चाँगुनारायणको विकासको लागि आन्तरिक तथा विभिन्न निकायसँग समन्वय गर्दै अगाडि बढिरहेको र आफ्नो कार्यकालभित्रै समृद्ध नगर बनाउन लागिपरेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकामा प्राधिकरणको तर्फबाट वडा नं. ५ मा पर्ने सैनिक प्रतिष्ठान देखी छालिङ्ग सडक र खरिपाटी मनकामना सडक साथै वार्ड नं. ७ मा पर्ने सुविधानगर लगायत सडकमा बजेट विनियोजन गरिएको छ ।

तस्विरमा हेर्नुहोस् यसरी फेरियो सडकको मुहार

चाँगुनारायण नगरपालिका वडा नंं ५ मा पर्ने सैनिक प्रतिष्ठान देखी छालिङ्ग सडक र खरिपाटी मनकामना सडक साथै वार्ड नं।. ७ मा पर्ने सुविधानगर सडकको पछिल्लो र हालको अवस्था ।