
भक्तपुर : विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको काम छिटो सम्पन्न गर्न चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले निर्माण ब्यवसायीलाई निर्देशन दिनु भएको छ ।
भत्केकोपाटी नगरकोट सडक खण्डको काममा ढिलाई भएपछि मेयर खत्रीले सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख र निर्माण ब्यवसायीलाई सडकको निर्माण छिटो सम्पन्न गर्न निर्दशन दिनु भएको हो ।।
मेयर खत्रीको निर्देशनसँगै निर्माण ब्यबसायीले सोमबारबाट काम शुरु गर्ने प्रतिबदता जनाएको छ । १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड कयौ पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन ।