
भक्तपुर : चाँगुनारायण नगरपालिकाले खोरेत रोग विरुद्धको निशुल्क खोप लगाउने भएको छ । पशु पंक्षी विकास शाखाले स्वीकृत वार्षिक कार्यक्रम अनुसार खोरेत रोग विरुद्ध निशुल्क खोप लगाउने भएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै कृषकहरुलाई सेवा केन्द्रमा कार्यरत प्राविधिक तथा म्याक्सिनेटरसँग सम्पर्क गरि आफूले पालेको गाई भैसीलाई खोरेत विरुद्धको खोप लगाई रोग लाग्नबाट बचाउन आग्रह समेत गरेको छ ।
जसअनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३ को लागि प्राबिधिक मनोज कार्की ९८६०११६२५४, वडा नम्बर ४ का लागि प्राबिधिक दिवाकर खनाल ९८५१०२९३२०, वडा नम्बर ५ र ७ का लागि प्राबिधिक बिवेक ढकाल ९८४०३०४४२५, वडा नम्बर ६ का लागि प्राबिधिक राजाराम चौलागाईं ९८४१११२२२४, वडा नम्बर ८ का लागि प्राविधिक भरत दुलाल ९८४९७९८२२८ र वडा नम्बर ९ का लागि प्राबिधिक राजेश साह ९७६१०२३२८६ लाई सम्पर्क गरी आफूले पालेका पशुहरुलाई खोरेत बिरुद्धको खोप लगाई पशुमा लाग्ने खोरेत रोगबाट हुनसक्ने आर्थिक क्षतिबाट बच्नका लागि आग्रह गरिएको छ ।
