भक्तपुर: ‘चाँगुनारायण फाष्ट ट्रयाक’ अन्तर्गत वडा नंं ९ को ताथली बालाटोलदेखि वडा नंं ८ को आरक्षण स्कुल सुडाल हुँदै बालकुमारी चोक र जितपुर सम्मको सडक कालोपत्रे गर्ने काम शूरु भएको छ ।
चाँगुनारायण नगरपालिकाको गौरबको आयोजनाको रुपमा लिइएको सबै वडा जोड्ने फाष्ट ट्रयाक अन्र्तगत पर्ने सडकको कालोपत्रे गर्ने काम शूरु गरिएको हो ।
नगरपालिकाका नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले साविकको ताथली र सुडान गाविस जोड्ने सडकको कालोपत्रे गर्ने काम शूरु गरिएको बताउनुभयो । वडाध्यक्ष खत्रीले फाष्ट ट्रयाक अन्र्तगत वडा नंं ८ र ९ को लगभग ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकि काम यो वर्षभित्र सम्पन्न हुने बताउनुभयो ।
त्यस्तै, नगरपालिकाका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी र प्राविधिक सहितको टोलीले सडकको स्थलगत निरीक्षण समेत गर्नु भएको छ ।
र पाविधिक सहितको टोलीले कालोपत्रे गर्ने कार्यको स्थलगत निरीक्षण समेत गर्नु भएको छ । उता नयाँ जनप्रतिनिधि आएपछि फाष्ट ट्रयाकको बाँकि शूरु भएकोमा स्थानीयले खुसी ब्यक्त गरेका छन् ।
नगरपालिकाका पूर्वाधार प्राविधिक शाखाका ईन्जिनियर रुपेश गेलालका अनुसार ३ किलोमिटर सडक यही पुष मसान्तसम्म सम्पन्न गरिसकिनेछ । नगरपालिकाका सबै वडा जोड्ने १८ किलोमिटर फास्ष्ट ट्याक मध्ये यो वर्ष ३ किलोमिटर कालोपत्रे गर्ने काम भएको छ भने वडा नंं १ र २ मा २ किलोमिटरको काम सम्पन्न भइसकेको छ । त्यस्तै अबको दुई वर्षभित्र फास्ट ट्याकको काम सम्पन्न गर्ने योजना छ ।