भक्तपुर: भक्तपुरको चाँंगुनारायण नगरपालिकाले नयाँ प्रशासकीय भवनको उद्घाटन गरेको छ । एक समारोहवीच नगर प्रमुख जीवन खत्रीले पुष २९ गतेका दिन भवनको उद्घाटन तथा ताम्रपत्रको अनावरण गर्नुभयो ।
उद्घाटन गर्नुहुँदै नगर प्रमुख खत्रीले नयाँ भवनबाट आम नगरबासीले अपेक्षा गरेअनुसारको सेवा सुविधा सही ढंगले सञ्चालन हुने बताउनुभयो ।
चाँंगुनारायण नगरपालिका वडा नं ५ को खरिपाटीमा निर्माण गरिएको नयाँ भबन २१ रोपनी तीन आना क्षेत्रफलभित्र फैलिएको छ । भबनको कुल लागत ३२ करोड ७३ लाख रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीका अनुसार भबन निर्माण गर्न जिल्ला समन्वय समिति भक्तपुरबाट तीन करोड, स्थानीय पूर्वाधार विकास विभागबाट दूई करोड, प्रदेश सरकारबाट ६० लाख र बाँंकी रकम नगरपालिका आफैले ब्यहोरेको हो । कार्यक्रममा बाजागाजा र निकै नै आर्कषक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले खरिपाटीमा बनेको भवन सबैलाई प्रायक पर्ने ठाउँमा बनेको र यसले नगरबासीलाई सेवा लिन सहज हुने विश्वास ब्यक्त गर्नुभयो । भबन उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, उपप्रमुख रमेश बुढाथोकी, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरु लगायत व्यक्तिहरु अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो । यसअघि उद्घाटन गर्नुअघि भवनमा रुद्री पूजाँ समेत गरिएको थियो ।