चाँगुनारायण नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकृष्ण माविले जित्यो, विद्याकुञ्ज दोस्रो र गोल्डेन सुनगाभा तेस्रो

भक्तपुर: चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकृष्ण माविले हात पारेको छ । श्रीकृष्णले १४ स्वर्ण, १३ रजत र ९ कास्य गरि ३६ पदक प्राप्त गर्दै उपाधि हात पारेको हो ।

प्रतीयोगितामा पारिजात विद्याकुञ्ज द्धितीय हुन सफल भयो । पारिजातले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरि १९ पदक प्राप्त गर्यो । गोल्डेन सुनगाभा ई स्कुलले २६ पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भयो । गोल्डेनले ७ स्वर्ण, १० रजत र ९ कास्य प्राप्त गर्यो ।

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख जीवन खत्रीले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै, विधागत रुपमा विजयी खेलाडीलाई नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रसाशकीय अधिकृत चुरामणी पन्थी र १० वटै वडाका वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा भएको प्रतियोगितामा ३१ विद्यालयका १ हजार ३ सय ८६ विद्यार्थी सहभागि थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टस् र उसू विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।