भक्तपुर : चागुनारायण नगरपालिकाले सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो ब्यवस्था गरेको हो ।
सहकारी संस्थाहरुको अनुगमन, निरीक्षण र नियमन कार्यलाई प्रभावकारी बनाइने, उद्यम गर्न चाहने सहकारी संस्थाहरुलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने नीति पनि लिएको छ ।
त्यस्तै, सहकारी संस्थाहरुलाई एकीकृत सहकारी ब्यवस्थापन सूचना प्रणाली मा आबद्ध गर्नेलगायत नीति पनि लिएको छ ।