दुवाकोटमा वीर अस्पताल बनाउन चाँगुनारायण नगरपालिकाका मेयर खत्रीको पहल

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको निरन्तर पहल पश्चात वडा नं १ स्थित दुवाकोटमा वीर अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाउनु भएको छ । शनिबार सो परिसरमा अनुगमन गर्दै मन्त्री बस्नेतले अस्पतालको निर्माण कार्य चाँडै सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

मन्त्री बस्नेतसहित मेयर खत्री, अर्थमन्त्रालय, डिभिजन सडक कार्यालय, भक्तपुर लगायत सरोकार क्षेत्रबाट प्रतिनिधिहरुको टोलीले निरीक्षण गरेको थियो । ५ सय रोपनी क्षेत्रफलमा झण्डै १ दशकदेखी अस्पताल बनाउने भनेपनि काम अघि बढ्न सकेको थिएन ।

पछिल्लो पटक मेयर खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपश्चात अस्पताल निर्माणका लागि विशेष पहलको थालनी भएको छ । नयाँ जनप्रतिनिधि आएको एक वर्षकै हाराहारीमा विभिन्न सकरात्मक परिवर्तनहरु देखिएका छन् । जसमा अस्पताल निर्माणका लागि मेयर खत्रीले सरोकार निकायसंग निरन्तर छलफल गरिरहनु भएको छ ।