भक्तपुर : चाँगुनारायण नगरपालिकाले ८१ दशमलब २६ प्रतिशत बजेट खर्च गर्दै उपत्यकाकै सबैभन्दा बढी खर्च गर्ने पालिका बन्न सफल भएसँगै चर्चा चुलिएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले १ अर्ब ७३ करोड ७६ लाख ७२ हजार १ सय ७२ रुपैया खर्च गर्न सफल भएको थियो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षका लागि २ अर्ब १३ करोड ८३ लाख ५ हजार २ सय बजेट विनियोजन गरेको थियो । चालु तर्फ ६७ करोड २१ लाख २ हजार ३ सय ६० रुपैया खर्च गर्न सफल भएको हो ।
यस्तै पुँजीगत तर्फ १ अर्ब ६ करोड ५५ लाख ६९ हजार ८ सय ११ रुपैया खर्च भएको हो । जुन चालु तर्फ ८३ दशमलब ९ र पुँजीगत तर्फ ७९ दशमलब ६९ प्रतिशत हुन आउँछ ।
उपत्यकाकै स्थानीय तह भएपनि चाँगुनारायण नगरउन्मुख पालिका भन्दा फरक पर्दैन । धेरै क्षेत्रफलमा फैलिएको यस नगरपालिका ग्रामिण भूभागले भरिएको छ ।
नगरपालिकामा प्रमुख प्रशाशकीय अधिकृत चुरामणी पन्थी दक्ष, अनुभवी तथा योजना कार्यान्वयनमा निकै नै अब्बल हुनुहुन्छ । मेयर खत्री नगरबासीप्रति उत्तरदायी हुनु र जनप्रतिनिधिले नगरबासीउन्मुख बनाएका योजनाहरु प्रमुख प्रशाशकीय अधिकृत पन्थीले दक्ष रुपमा कार्यान्वयन गर्न सक्नु नै नगरपालिकाले पछिल्लो समय प्राप्त गरेको सफलता हो ।