प्रधानमन्त्रीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार, अलपत्र नगरकोट सडक तत्काल निर्माण गर्न माग

काठमाडौ: विगत ११ वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केको पाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गराउन प्रधानमन्त्रीदेखि भौतीक पूर्वाधार मन्त्रीसम्मको ध्यानर्कषण गराइएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा र वडा नंं ७ का वडाध्यक्ष श्याम कृष्ण नयाजु, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरूङ सहितको एक टोलीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र भौतीक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई छुट्टा छुट्टै भेट गरि नगरकोट सडकको काम तत्काल सम्पन्न गर्न माग गर्नु भएको हो ।

लामो समयदेखि निर्माण सम्पन्न नहुँदा भद्रगोल सडक हालैको अविरल वर्षातका कारण अत्यन्तै जीर्ण अवस्थामा पुगेको भन्दै तत्काल निर्माण गराउन र निर्माण नगरे ठेक्का रद्द गराउन ध्यानर्कषण गराइएको हो ।

दुवाकोटमा बीर अस्पतालको शिलान्यास तत्काल गर्न र चाँगुनारायण नगर अस्पताललाई स्वीकृति प्रदान गर्न पनि माग गरिएको छ । साथै नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप लोगो अङ्कित टिसर्ट उपहार समेत प्रदान गरिएको थियो ।