चाँगुनारायणमा ‘जलवायू परिवर्तन’ का विषयमा अन्तरक्रिर्या, नगरपालिकाले खेल्नुपर्ने भूमीकामा कुनै कशर बाँकि नराख्ने मेयर खत्रीको भनाई

खरीपाटी: चाँगुनारायण नगरपालिकामा ‘जलवायू परिवर्तन’ का विषयमा अन्तरक्रिर्या तथा क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ ।

ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालको आयोजना र चाँगुनारायण नगरपालिकाको समन्वयमा ‘जलवायु सम्बन्धी काममा पारदर्शिता, समाबेशीता र जवाफदेहिताको प्रबर्धन गरौं’ भन्ने विषयमा अन्तरक्रिया तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा नगर प्रमुख जीवन खत्रीले जलवायू परिवर्तनका सम्बन्धमा नगरपालिकाको तर्फबाट गर्नुपर्ने र खेल्नुपर्ने भूमीकामा कुनै कशर बाँकि नराख्ने बताउनुभयो ।

जलवायू परिवर्तको क्षेत्रमा काम गर्ने सरोकारवाला निकाय र संघसंस्थाले पनि त्यत्तिकै प्रभावकारी भूमीका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले यस सम्बन्धमा नगरपालिका जवाफदेही र उत्तरदायी भएर लागेको र सबैको उत्तीकै भूमीका हुनुपर्ने बताउनुभयो । मेयर खत्रीले नगरपालिकाले वन जंगल, मुहान तथा पोखरीहरुको संरक्षण गर्ने जस्ता कार्य गरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा ट्रान्सपरेन्सि इन्टरनेशनल नेपाल अध्यक्ष पद्मिनी प्रधानाङ्गले जलवायू परिवर्तनका विषयमा विभिन्न संघसंस्थाहरु मार्फत करोडौ/करोड आउने गरे पनि त्यसको पारदर्शी रुपमा उपयोग नहुने गरेकाले सरकारदेखि सम्बन्धीत निकायहरुलाई दबाब दिने र घचघचाउने कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले हरेक पालिकाले स्थानीय पाठ्यक्रममै राखेर वातावरण सम्बन्धी जानकारी गराउन आवश्यक रहेकोमा जोड दिनुभयो । नगरपालिकाका योजना शाखा प्रमुख अनुप लामिछानेले कार्यक्रममा ‘हरित नीति, जनसहभागिता, चुनौती र भावी कार्ययोजना’ विषयमा प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख बीर बहादुर खडका, वडा नंं ९ का वडाध्यक्ष गणेश त्यात, ६ वडाध्यक्ष धन बहादुर लामा, वडा नंं २ का वडाध्यक्ष सोम प्रधानलगायत कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।

विज्ञहरुका अनुसार ‘जलवायु परिवर्तन’ को डरलाग्दो असर नेपालजस्ता मुलुकमाथि परिरहेको छ । विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोग्नु परिरहेको विज्ञहरुको भनाई छ ।

जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन स्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको देखिन्छ ।